Breaking News

जुकरबर्ग र एलन मस्क कुस्ती खेल्न तयार

Jun Sat 2023 10:38:22

1025 views

जुकरबर्ग र एलन मस्क कुस्ती खेल्न तयार

एलन मस्क र मार्क जुकरबर्ग कुस्तीमा भिड्न सहमत भएका छन्। ट्वीटरका मालिक एलन मस्कले आफूसँग कुस्ती खेल्नका लागि दिएको चुनौतीलाई फेसबुक संस्थापक मार्क जुकरबर्गले स्वीकार गर्दै कुन ठाउँमा लड्ने रु भने चुनौती दिएका छन्।

बैभन्दा पहिले मस्कले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै आफू जुकरबर्गसँग कुस्ती खेल्न तयार भएको बताएका थिए। त्यसपछि मस्कको सोही ट्वीटको स्क्रिनशटसहित कुस्तीमा भिड्ने ठाउँ आफूलाई बताउन आग्रह गर्दै पोस्ट गरे।

जुकरबर्गले भिड्ने ठाउँको नाम बताउन आग्रह गरेपछि एलन मस्क रोकिएनन्। उनले भिडन्तस्थल भेगास अक्टागन रहेको बताए।

३९ वर्षीय जुकरबर्ग भने मार्सल आर्टका खेलाडि नै हुन् र यसमा उनले विभिन्न प्रतियोगितामा पुरस्कार पनि जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?