Breaking News

मौद्रिक नीति शुक्रबार ल्याउँदै राष्ट्र बैंक

Jul Wed 2022 11:14:06

742 views

मौद्रिक नीति  शुक्रबार ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।    

मौद्रिक नीतिको मस्यौदा तयार भइसकेकोले शुक्रबार सार्वजनिक गरिन लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘साउनको पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अनुसार नै हामी जुटेका छौं । मौद्रिक नीतिको मस्यौदा तयार भइसकेको छ । सम्भवतः शुक्रबार मौद्रिक नीति सार्वजनिक हुन्छ’, स्रोतले आर्थिक न्युजसंग भन्यो ।  

मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा रहेका बेला नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउनु पर्ने विज्ञहरुले सुझाव दिइरहेका छन् । राष्ट्र बैंकले पनि सोहि अनुसार मौद्रिक नीति ल्याउने तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?