Breaking News

अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ

Jun Sat 2021 09:46:45

1455 views

अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा  नेपाली चेली सरु श्रेष्ठ

नेपाली चेली सरु श्रेष्ठ  (नेपालको कास्की पोखरामा जन्मेकी )अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्।

माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदरल्याण्डस्को ‘द हेग’ मा बसोबास गर्दै आएकी छिन् ।

विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्षमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले ( Andre Kuipers )अध्ययन गरेको नेदरल्याण्डस्को ‘टि यु देल्फ्त’ विश्वविद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग (Aerospace Engineering) अन्तर्गत अन्तरिक्ष ( Space Exloration) बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व विद्यालय कै एक उत्कृष्ट विद्यार्थी मानिन्छिन् 

अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु यदी उनको सपना पुरा भएमा अन्तरिक्षमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुलकी नागरिक बन्ने छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?