Breaking News

यी ५१ कम्पनीको सेयरमा अस्वभाविक चलखेल भएको धितोपत्र बोर्डको पुष्टि

Jun Tue 2021 10:04:51

863 views

यी ५१ कम्पनीको सेयरमा अस्वभाविक चलखेल  भएको धितोपत्र बोर्डको पुष्टि

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको पुष्टि गरेको छ । सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाएको देखिएको छ ।

बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गर्दै लगानीकर्ताहरुलाई यी कम्पनीहरुमा लगानी गर्न सचेत गराएको छ ।

बोर्डका अनुसार विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति सेयर आम्दानी ऋणात्मक भएका, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी प्रारम्भिक अध्ययन गरिएको थियो 

सूचिकृत संगठित संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको व्यहोरा बोर्डले जनाएको छ ।

हेर्नुस् जोखिममा रहेका कम्पनीहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?