Breaking News

होशियार ! आत्महत्याको भिडियो सेयर गर्नेलाई पनि प्रहरीले कारबाही गर्ने

Jul Sat 2020 05:04:33

1457 views

होशियार ! आत्महत्याको भिडियो सेयर गर्नेलाई पनि प्रहरीले कारबाही गर्ने

काठमाडौं । आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।

आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रोक लगाउन लागेको हो ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने, साथै विभिन्न किसिमका मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?