Breaking News

फेसबुकमा लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने !

May Sat 2020 03:37:17

1561 views

फेसबुकमा लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने !

फेसबुकमा कलाकारहरुको लाइभ भिडियो हेर्नका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने नियम कम्पनीले छिटै नै लागु गर्ने तयारी गरिरहेको जनाएको छ । 

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिने कलाकारहरूको सहयोगका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो । यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ ।

लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने नियम लागु भइसकेपछि फेसबुक लाइभमा आउने कलाकारहरूले अर्थोपार्जन गर्न सक्नेछन् ।

लाइभ भिडियोमा शुल्कको व्यवस्था लागु गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ । जसअनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरूलाई निस्शुल्क रुपमा देखाउने कि सस्शुल्क बनाउने भन्ने विकल्प रोज्न सक्नेछन् । 

आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरूले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?