बैंक तथा वित्तीय संस्थाले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौदि्रक नीति सार्वजनिक गर्दै ऋणपत्रलाई २०८० असार मसान्तसमम निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरीएकेा जनाएको छ ।
गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म मात्रै ऋणपत्रलाई निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेकेा थियो । हाल १ खर्ब भन्दा बढी ऋणपत्र जारी गरेका बैंकहरुले ऋणपत्रलाई निक्षेपमा गण्ना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।
अब बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशत कर्जा लगानी गर्न सक्नेछन् । तर, २०७९ असार मसान्त सम्मका लागि निर्देशन जारी हुनुपूर्व जारी भएका ऋणपत्रको हकमा इजाजतपत्र प्राप्त संस्थाले २०७९ असार मसान्त सम्मका लागि निक्षेपको रूपमासमेत गणना गर्न सक्ने व्यवस्था गरेको छ ।
सीडी रेसियोका लागि पूँजी कोष र पुँजी कोषको अङ्गको रूपमा रहेका ऋणपत्रबाहेकका ऋणपत्र, एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रूपमा गणना गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै, ऋणपत्र पुँजीकोषको अङ्गको रूपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।