Breaking News

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई छूट तथा सुविधा पुस मसान्तसम्म

Jul Sat 2022 01:07:35

671 views

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई छूट तथा सुविधा पुस मसान्तसम्म

नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ ।

मौद्रिक नीति २०७९/८० मार्फत नेपाल राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो । आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई मर्जर तथा प्राप्ति सम्बन्धी छूट तथा सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकको भनाइ छ ।

मर्जर तथा प्राप्तिका सम्बन्धमा सिबिफिनले कम्तीमा पनि आगामी आर्थिक वर्षभरिको अवधिका लागि मौजुदा व्यवस्था कायम गरी गाभ्ने, गाभिने र प्राप्तिका अवसरसहित थप सहुलियत प्रदान गर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको थियो। जसमा बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभिएमा थप १ प्रतिशत इन्ट्रेस्ट स्प्रेड रेटको सुविधा आगामी २०८० सम्म दिने भनिएकोमा २०८२ सालसम्मका लागि निरन्तरता दिइनुपर्ने सुझाव दिइएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?