Breaking News

ग्लोबल आइएमईको नाफा ५ अर्ब नाघ्यो , प्रतिसेयर आम्दानीमा पनि वृद्धि

Jul Sat 2022 12:55:18

697 views

ग्लोबल आइएमईको नाफा ५ अर्ब नाघ्यो , प्रतिसेयर आम्दानीमा पनि वृद्धि

ग्लोबल आइएमई बैंकले  गत आर्थिक वर्ष २०७८/०७९ पाँच अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले पाँच अर्ब २० करोड  ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा २५ प्रतिशतले बढी हो ।

बैंकले नाफा सँगसँगै प्रमुख वित्तीय सूचकमा पनि सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १९ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २६ पैसाबाट बढेर १५६ रुपैयाँ ११ पैसा पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा १० प्रतिशत बोनस सेयर दिएर २३ अर्ब ७९ करोड ५८ लाख रुपैयाँ पूँजी पुर्‍याउँदा पनि बैंकको  प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको हो ।

बैंकको  सेयरधनी सञ्चित कोषमा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ छ भने जगेडा कोषमा  १० अर्ब १५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?