Breaking News

मौद्रिक नीति २०७९/८० : मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने

Jul Sat 2022 12:50:47

680 views

मौद्रिक नीति २०७९/८०  : मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियमअनुसार हुने उनले बताए ।

हाल मर्जर तथा प्राप्ति विनियमावली अनुसार मर्जरमा जाने बैंकको सेयर कारोबार रेाक्का हुँदै आएको थियो । नेपाल धितोपत्र बोर्डको सुझाव अनुसार नेपाल राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?