काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले एक अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले एक अर्ब २ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २२.५३ प्रतिशतले वृद्धि गरेको छ । आव २०७७/०७८ मा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
अघिल्लो आवमा २० अर्ब चुक्ता पूँजी रहेको बैंकले गत आबमा ८ प्रतिशत बोनस सेयर दिएर २१ अर्ब ६० करोड रुपैयाँ पूँजी पुर्याउँदा पनि बैंकको नाफमावृद्धि हुँदा पैतिसेयर आम्दानी बढेको छ ।
अघिल्लो आबमा ४ रुपैयाँ २९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ । कर्जा विस्तार सँगै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा १ अर्ब ३३ करोड २९ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आबमा १ अर्ब ८८ करोड ६३ लाख खुद ब्याज आम्दानी गरेको छ ।
यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने बढाएको छ । अघिल्लो आबमा १ करोड ६८ लाख प्रोभिजन गरेको बैंकले गत आबमा १३ करोड ४१ लाख प्रोभिजन गरेको छ । आम्दानीमा वृद्धि हुँदा सञ्चालन खर्च बढेपनि बैंकको नाफा बढेको हो । बैंकको सञ्चालन मुनाफा २३.१४ प्रतिशतले वृद्धि भएर एक अर्ब ४६ करोड ५८ लाख पुगेको छ ।