Breaking News

सस्तो ब्याजमा सामाजिक सुरक्षा कोषले ७५ लाखसम्म सापटी दिने

Jul Thu 2022 11:18:37

963 views

सस्तो ब्याजमा सामाजिक सुरक्षा कोषले ७५ लाखसम्म सापटी दिने

सामाजिक सुरक्षा कोषका लगानीकर्ताले कोषबाट ऋण पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेसँगै कर्जा पाउने बाटो खुलेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा ९१० को खण्ड ९ट० तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्था बमोजिम उक्त निर्देशिका तयार गरी स्वीकृत गरेको बताइएको छ ।

अब कोषका योगदानकर्ताले योगदानकर्ता घर सापटी योजना अन्तर्गत कर्जा पाउनेछन् । योगदानकर्ताले नयाँ घर निर्माण, घर खरिद गर्न, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न र मर्मत गर्न लगायत कामका लागि सापटी पाउनेछन् ।

धितोका आधारमा योगदानकर्ताले ७५ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । तर, कोषबाट सापटी पाउनका लागि भने केही निश्चित मापदण्ड निर्धारण गरिएको छ । यस्तो कर्जाको ब्याज भने सस्तो पर्नेछ । कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधीको आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी पाउनेछन् ।

यो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि सापटी प्रदान गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?