Breaking News

अब विदेश भ्रमणमा जाँदा एयरपोर्टमै २ सय डलर पाइने

Jul Thu 2022 11:15:22

629 views

अब  विदेश भ्रमणमा जाँदा एयरपोर्टमै २ सय डलर पाइने

अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा मनिचेञ्चर कम्पनीहरुका लागि जारी गरिएको इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गरी डलर सटही सुविधा प्रदान गर्न परिपत्र जारी गरेको हो ।

यसअघि यो व्यवस्था थिएन । बैंकबाट भने १५ सय डलरसम्मको सुविधा छ । यो व्यवस्थासँगै अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । हाललाई त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजतप्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिनेछ ।

बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिइसकेकाले विमानस्थलबाट थप २ सय डलरसम्मको सटही सुविधा पाउने  नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले ले बताए ।

विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी वापत तोकिएको बमोजिमको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप दुई लाख अर्थात ८ लाख रूपैयाँ धारैटी राख्नु पर्ने व्यवस्था छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?