Breaking News

श्वेत–गंगा हाइड्रोको २३ लाख ८९ हजार कित्ता आईपीओमा खुल्यो: १० हजार कित्ताका लागि आवेदन दिन मिल्ने

Jul Thu 2022 12:33:01

633 views

श्वेत–गंगा हाइड्रोको २३ लाख ८९ हजार कित्ता आईपीओमा खुल्यो:  १० हजार कित्ताका लागि आवेदन दिन मिल्ने

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा पहिलो दिन नै माग भन्दा १।८० गुणा बढी आवेदन परेको    छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा बुधबार ५ बजेसम्ममा ३ लाख ५० हजार ४९८ जना आवेदकले ४० लाख ९२ हजार ४५० कित्ताका लागि ४० करोड ९२ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले साउन ४ गते बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन ८ गतेसम्म र ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?