Breaking News

अपर तामाकोशी हाइड्रोपावरले १ः १ हकप्रद सेयर निष्काशन गर्ने

Jul Fri 2022 10:59:09

811 views

अपर तामाकोशी हाइड्रोपावरले १ः १ हकप्रद सेयर निष्काशन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निश्कासन गर्ने भएको छ । सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो ।

हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने निर्णय भएको छ ।

हकप्रद स्वीकृतिकालाई साधारण सभाले पास गरेपछि विद्युत नियमन आयोगले अनुमति र धितोपत्र बोर्डले स्वीकृति दिनु पर्छ । विहीबार यो कम्पनीको सेयर उच्च दरमा कारोबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?