Breaking News

नेप्से ३७६२ विन्दूसम्म र २ वर्षभित्र ५४०० को उचाई चुम्ने निर्मल प्रधानको दाबी

Nov Mon 2020 04:26:42

795 views

नेप्से ३७६२ विन्दूसम्म र २ वर्षभित्र ५४०० को उचाई चुम्ने निर्मल प्रधानको दाबी

नेप्से परिसूचकले १८८१ को विन्दूलाई तोडेर बजार केही समययता बुलिस ट्रेण्डमा कुदिरहेको छ । लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिता र कारोबर रकमले समेत बजार दिनानुदिन गुल्जार बन्दै गइरहेको अवस्थामा सेयर बादशाहका रुपमा चिनिएका निर्मल प्रधानले नेप्से ३७६२ विन्दूसम्म र २ वर्षभित्र ५४०० को उचाई चुम्ने निर्मल प्रधानको दाबी गरेका छन् ।


निर्मल प्रधानको दाबी: नेप्से चाँडै ३७६२ विन्दूमा, २ वर्षभित्र ५४०० को उचाई चुम्छ


कोरोनाको कारण र नेप्सेको अनलाइनले बजारको वृद्धि दिनानुदिन बढाउँदै गएको बताउदै अझै २–४ दिन बजार करेक्सन नहुने प्रधानको विश्लेषण छ । निर्मल प्रधानका अनुसार भर्खर बुल सुरु भएको छ । अब बुलको पिरियड न्यूनतम डेढ वर्ष रहनेछ । नेप्से अब यसअघिको अलटाइम हाईको न्यूनतम डबल ९३७६२ विन्दूमा पुग्ने र २ वर्षभित्रै नेप्सेले ५४ सय विन्दू चुम्नेछ । 

लगानीकर्ताहरुलाई एनआइसी एसिया, प्राइम बैंक, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर किन्नका लागि प्रधानको सुझाव छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?