Breaking News

सनराइज बैंकको डिजिटल टेलर सेवा, क्यूआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म निकाल्न सक्ने

Sep Fri 2020 10:44:53

804 views

सनराइज बैंकको डिजिटल टेलर सेवा, क्यूआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म निकाल्न सक्ने

काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ ।

यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सन्राइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड क्युआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रतिमहिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् ।

चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?