Breaking News

रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन

Feb Wed 2020 02:40:22

1004 views

रोबर्टले सुर्खेतमा क्यान मेला उद्घाटन
प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन नेपाली वैज्ञानिकले बनाएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ । कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसीयाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजनालाई क्यान मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् । मुख्यमन्त्री शाहीले सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म चुनौतीहरु कायम रहने भन्दै क्यानले आयोजना गरेको प्रदर्शनीले कर्णालीको प्रविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?