Breaking News

यसरी चेक गर्नुहोस् २०१७ को डिभी नतिजा

Feb Wed 2020 02:40:37

710 views

यसरी चेक गर्नुहोस्  २०१७ को डिभी नतिजा

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरेको छ ।

सन् २०१६ अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ। अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन्।

डिभी नतिजा यसरी चेक गर्नुहोस्

ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै  https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?