Breaking News

कम्प्युटरमा ३ घण्टा भन्दा बढि समय बस्दा रिटानो कन्फ्युजन भिजन सिन्ड्रोम रोग

Feb Wed 2020 02:40:51

497 views

कम्प्युटरमा ३ घण्टा भन्दा बढि समय बस्दा रिटानो कन्फ्युजन भिजन सिन्ड्रोम रोग

एक नयाँ अध्ययन अनुसार दिनमा लगातार ३ घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या देखा पर्दछ । जोन रिटानो अमेरिकाको एक कलेजमा इतिहासका प्राध्यापक हुन् । उनले इतिहासका कैयन् उत्कृष्ट पुस्तक लेखेका छन् । उनले धेरै समय कम्प्युटरमै बिताउनुपर्छ ।

कहिलेकाहीँ तथ दिनभरजसो नै कम्प्युटरको स्क्रिन अगाडि बसेर दिन बित्छ । यसरी लामो समयसम्म लगातार बसेर कम्प्युटर चलाउनाले आफ्ना आँखामा जलन महसुस हुने तथा कामै गर्न गाह्रो हुने समस्या उनले भोग्नुपर्यो । केही बेर आराम गर्दा आँखालाई थोरै राहत त मिल्छ तर कम्प्युटरमा काम गर्न थाल्दा पुनः आँखा दुख्न थाल्दछ ।

रिटानो कन्फ्युजन भिजन सिन्ड्रोम रोगबाट पीडित छन् । दुनियामा दैनिक ३ घण्टा भन्दा बढि समय लगातार बिताउने मानिसमा यस्तो रोगको खतरा उत्पन्न हुने बताइन्छ । त्यसैले विश्वका ७ करोड भन्दा बढि कम्प्युटर प्रयोगकर्तामा यस्तो खतरा छ ।

नाइजेरिया तथा बोत्स्वानाका आँखा विशेषज्ञका अनुसार यो रोगबाट बढि पीडित हुनेहरुको सूचिमा अकाउन्टेन्ट, वास्तुविद्, बैंकर्स, इन्जिनियर, फ्लाइट कन्ट्रोलर्स, ग्राफिक आर्टिस्ट तथा पत्रकार लगायतका रहेका छन् जसको काम कम्प्युटर विना एक कदम पनि अघि बढ्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?