Breaking News

बाराक ओबामाकी छोरी मालियाले नृत्यांगना निलमको ढुंगानाको फोटो सेयर गरिन

Feb Wed 2020 02:40:16

1132 views

बाराक ओबामाकी छोरी मालियाले नृत्यांगना निलमको ढुंगानाको फोटो सेयर गरिन
नेपालकी ख्यातीप्राप्त एकल खुट्टा नृत्यांगाना निलम ढुंगाना लाई अमेरीकी राष्ट्रपती बाराक ओबामाकी छोरी मालिया ओवामा ले सामाजीक संजाल फेसबुकमा जन्मदिनको शुभकामना दिएकी छन । निलमको एक खुट्टाले उभीएको फोटोमा कसैले आज उनको जन्मदिन हो भन्ने क्याप्सन राखेर पोष्ट गरेको रहेछ । त्यो फोटो सामाजिक संजालमा यसरी भाइरल भयोकी कसैले आफ्नो पेजको लाइकको बढाउनको लागि मात्र निलमको आज जन्मदिन परेकोले शुभकामना दिउँ भन्ने आशयको क्यापसन हालेर पोष्ट गरेको थियो । उक्त फोटोमा लाईकको संख्या लाखौं पुग्यो । उस्तै सेयरको संख्या बढ्दै जादा त्यही फोटो हालेर मालिया ओबामाले पनि आज परेको जन्मदिनमा यी सुन्दर युवती लाई शुभकामना दिउँ भनेर स्टाटस पोष्ट गर्न पुगीन । मालियाको स्टाटसमा हजारौं हजार कमेन्ट हरु आएका छन जसमा निलमलाई जन्मदिनको शुभकामना दिईएको छ ।
~ निलम भन्छीन त्यो स्थान सम्ममा मेरो तस्बिर पुगेर वहाँले शेयर गर्नु भएकोमा खुसी छु तर जुन तरिकाले त्यहा सम्म पुग्यो त्यसमा चै अलि दुख लागेको छ । मेरा फोटा हरु प्राय पेज हरुले सहानुभुती बटुल्दै लाईक संख्या बढाउन प्रयोग गरेका हुन्छन जुन दुख लाग्दो कुरा हो । मेरो जन्मदिन नभएपनि सामाजीक संजाल मार्फत मालिया ओबामा सम्म मेरो फोटो पुग्नु र वहा मेरो फोटो हेरेर प्रभावित हुनुभई मलाई सुभकामना समेत प्रदान गर्नु मेरा लागी खुसीको कुरा हो । त्यो पोष्ट मैले पनि सेयर गरेकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?