Breaking News

काठमाडौं महानगरका सबै वडामा नक्साको दर्ता अनलाइनबाटै हुने

Feb Wed 2020 02:40:47

413 views

काठमाडौं महानगरका सबै वडामा नक्साको दर्ता अनलाइनबाटै हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आन्तरिक मिसिल व्यवस्थापन गर्न असार १६ गतेदेखि असार मसान्तसम्मका लागि नयाँ नक्सा दर्ता प्रक्रिया बन्द गर्ने भएको छ ।

यसै आवको अहिलेसम्म दर्ता भइसकेका पास हुन बाँकी रहेका नक्साको काम भए पनि १६ गतेदेखि मसान्तसम्म अरु नयाँ नक्सा दर्ताको काम नहुने कामपाका सहरी विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले बताए ।

चालु आवमा नक्सासँग सम्बन्धित भए गरेको कामको विवरण र आगामी आवका लागि गरिने कामको विवरण तयार गर्नुपर्ने भएको हुँदा केही समयका लागि नक्सा दर्ता गर्ने काम रोक्न लागिएको उनको भनाइ छ ।

यसैबीच, आगामी साउन महिनादेखि काठमाडौँ महानगरपालिको ३५ वटै वडाका नागरिकले घरबाटै अनलाइबाट नक्सा पासका लागि दर्ता गर्न पाउने भएका छन् । महानगरभित्र नै निर्माण हुने ठूला व्यावसायिक भवनको हकमा भने नक्सा पास गराउँदा नै काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट योजना स्वीकृत लिनुपर्ने भएकाले उक्त स्वीकृति लिएपछि मात्र अनलाइन नक्सा पासको प्रक्रिया हुने जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?