Breaking News

फेसबुकमा 'वान्ट' र 'कलेक्ट' बटन सुविधा?

Feb Wed 2020 02:40:22

456 views

फेसबुकमा 'वान्ट' र 'कलेक्ट' बटन सुविधा?
फेसबुकमा अब ‘वान्ट (Want)’ र ‘कलेक्ट (Collect)’ गरी दुई नयाँ बटन थपिने भएका छन्। स्ल्यासगियरको रिपोर्टका अनुसार फेसबुकले चाँडै यी दुई बटन लन्च गर्ने तयारी गरिरहेको छ।
यो रिपोर्टका अनुसार संसारकै ठूलो सामाजिक संजाल फेसबुकले पहिले ‘कलेक्सन्स’ नामको फिचर सुरु गर्नेछ।
यो फिचरको मद्दतबाट कुनै पनि अनलाइन रिटेलरले आफ्नो उत्पादनका बारेमा फेसबुक प्रयोगकर्तालाई जानकारी दिन सक्नेछन्। फेसबुक लगइन गरेपछि यदि ‘कलेक्सन्स’ देखियो भने त्यसलाई लाइक गर्न सकिनेछ।
यदि उक्त उत्पादन आफुलाई मनपरेमा ‘वान्ट’ बटनमा क्लिक गर्न सकिनेछ। अनलाइन उत्पादनका बारेमा आफ्ना जानकारीहरु संकलन गर्न चाहेमा ‘कलेक्ट’मा क्लिक गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?