Breaking News

महासंघमा गिरीद्घारा उम्मेदवारी घोषणा

Feb Wed 2020 02:40:27

611 views

महासंघमा गिरीद्घारा उम्मेदवारी घोषणा

भरतराज उप्रेती/काठमाडौं नेपालमा लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको २३ औं महाधिवेशन नजिकिंदै गर्दा चुनाबी सरगर्मी पनि शुरू भएको छ । नेपालमा लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं महाधिवेशन तथा २० औं महिला उद्यमी सम्मेलन जेठ २४ गतेदेखि काठमाठौंमा आयोजना हुँदैछ । निर्वाचनका लागि नेतृत्वका लागि महासङ्घका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरीले ११ औँ अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । वरिष्ठ उपाध्यक्ष गिरीले वुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत भूकम्प र नाकाबन्दीबाट असर परेको उद्योग क्षेत्रको पुनःस्थापनाका लागि ठोस कदम चाल्ने प्रतिवद्घताका साथ उम्मेदवारी घोषणा गर्नुभयो । लघु, घरेलु तथा साना उद्योगको बजार प्रवद्र्घनका लागि स्वदेशी वस्तु खरिद निर्देशिका लागु गर्नका लागि पहल गर्ने भन्दै उहाँले साना उद्योगीले भोगेका समस्याको समाधान गर्नका लागि उम्मेदवारी दिएको बताउनुभयो । साना तथा घरेलु उद्योगलाई राज्यले उचित ध्यान दिन नसकेको र आफूले नेतृत्व लिए यसलाई अगाडि बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्वदेशी वस्तु खरिद बिक्री तथा बजार स्थापना गर्न पहल गर्ने, अन्तराष्ट्रिय बजारमा लघु, घरेलु तथा साना उद्योगले गरेका उत्पादनको बजार विस्तार गर्न पहल गर्ने उहाँको प्रतिवद्घतापत्रमा उल्लेख छ । औद्योगिक व्यवसाय ऐन जारी गराउन तथा उद्यमीहरूको वित्तीय पहुँच बढाउनका लागि नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रसँग सहकार्य बढाउने प्रतिवद्घता रहेको उहाँले बताउनुभयो । नविनतम प्रविधिको पहँुच विस्तार गर्दै संवैधानिक व्यवस्था अनुसार सबै प्रदेशमा महासंघका प्रदेश संघहरू गठन गरी नियमित कार्यालय सञ्चालन गराउने र जिल्ला संगठनहरू सुदृढ गराउने उहाँले बताउनुभयो ।Displaying IMG_5888.JPGIMG_5904 आगामी जेठ २४ र २५ गते हुने अधिवेशनमा देशका ७१ जिल्लाका ८१५ प्रतिनिधिले भाग लिने महासङ्घले जनाएको छ । राष्ट्रिय अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासमा राज्यले उचित ध्यान दिन नसकेको भन्दै उहाँले त्यसकै परिणामस्वरूप कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान ११ प्रतिशतमा पुगेर पुनः ६ प्रतिशत भन्दा पनि तल झरेको बताउनुभयो । ‘सन् २०२० सम्ममा देशलाई विकासोन्मुख राष्ट्रको तहमा पु¥याउने कुरा हामी एकातिर गरिरहेका छौं अर्कोतिर अर्थतन्त्रको मेरूदण्डकै बेवास्ता गरिरहेका छौं । हाम्रो यो यात्रा लघु, घरेलु तथा साना उद्योगको विकासविना सम्भव छैन । अहिले हाम्रो राष्ट्रिय अर्थतन्त्रको संरचना रेमिट्यान्स र आयातित वस्तुमा लाग्ने भन्सार करमा आधारित छ । अब तुलनात्मक लाभका क्षेत्रमा उत्पादनमूलक उद्योग स्थापना गर्न सकिएन भने विकासशील राष्ट्रमा अघि बढ्ने हाम्रो लक्ष्य साकार हुन सक्दैन ।’ – उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?