Breaking News

हलिउड नायिका एन्जेलिना जोलीले प्राध्यापन क्यारियर शुरु गरिन्

Feb Wed 2020 02:40:54

487 views

हलिउड नायिका एन्जेलिना जोलीले प्राध्यापन क्यारियर शुरु गरिन्

चर्चित हलिउड स्टार एन्जेलिना जोलीले प्राध्यापन गर्ने भएकी छन् । बेलायतको ख्यातिप्राप्त विश्वविद्यालय लण्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) मा भिजिटिङ प्रोफेसरको रुपमा उनलाई नियुक्त गरिएपछि उनको प्राध्यापन क्यारियर शुरु भएको हो ।

हलिउड हुदैं सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रवेश गरेकी जोलीले एलएसईमा स्नातकोत्तरका विद्यार्थीलाई पढाउने छिन् ।

विश्वविद्यालयमा हालै संञ्चालन गरिएको महिला, शान्ति र सुरक्षा केन्द्रमा उनले प्राध्यापन गर्ने समाचार माध्यमले जनाएका छन् । त्यहाँ बेलायतका पूर्व विदेशमन्त्री विलियम हेगसँग मिलेर काम गर्ने बताईएको छ ।

एक वर्षे यो नयाँ कोर्समा महिला, शान्ति तथा सुरक्षा, लिङ्ग तथा सैनिकीकरण, र लिङ्ग तथा मानव अधिकारबारे पढाइ हुनेछ ।

‘यो नयाँ कार्यक्रमबाट म निकै उत्साहित भएकी छु । मैले अन्य प्राज्ञिक क्षेत्रले पनि यस्ता कार्यक्रमलाई शुरु गर्ने छन् भन्ने आशा राखेकी छु ।’ उनले भनेकी छिन्- ‘किनभने कसरी महिला अधिकारलाई विस्तार गर्ने र उनीहरुमाथि हुने तथा उनीहरुलाई अस्वभाविकरुपमा असर पारिरहेका युद्धमा गरिने यौन हिंसा जस्ता अपराधमा देखिएको दण्डहीनताको कसरी अन्त्य गर्ने बहसलाई व्यापक गर्न यस्ता कार्यक्रम निकै महत्वपूर्ण छन् ।’

सम्मानित विश्वविद्यालयमा शिक्षण गर्न पाउँदा आफू निकै खुशी भएको कुरा जोलीले व्यक्त गरेकी थिइन् । विभिन्न सरकार तथा संयुक्त राष्ट्रसंघमा आफूले हासिल गरेकाे अनुभवलाई विद्यार्थीसँग बाँड्ने र उनीहरुबाट पनि  केही सिक्ने जोलीले बताइन् ।

जोली संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीकी सदभाव दुत समेत छिन् । उनले शरणार्थी अधिकारका पक्षमा खुलेर लागेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?