Breaking News

युट्युबले हटायो ५ करोड भन्दा बढी भिडियो

Feb Wed 2020 02:40:19

988 views

युट्युबले हटायो ५ करोड भन्दा बढी भिडियो
युट्युबले आफ्नो नियम पालना नगरेको भन्दै लाखौँ भिडियोहरू आफ्नो वेबसाइटबाट हटाएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान बुर्नोमा मुख्यालय रहेको युट्यूबले गत जुलाई र सेप्टेम्बर महिनामा गरेको आन्तरिक अडिट पश्च्यात ५ करोड ८० लाख भिडियोहरूलाई कम्पनीको सीमारेखा भित्र नरही अपलोड गरिएको पाइएकोले हटाएको जनाएको छ। कम्पनीको आधिकारिक ब्लगमा जनाइएअनुसार भिडियोका साथ साथै झन्डै २३ करोड ‘कमेन्टहरू समेत यूट्यूबबाट हटाइएको छ। झन्डै १० हजार कर्मचारीहरूले दैनिक रूपमा यूट्यूबमा अपलोड हुने सामाग्रीको निगरानी गर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?